३१ भाद्र २०८१, सोमबार

नेकपा रुपन्देहीद्वारा सहिद परिवारको खेतमा धान रोपाइँ गरि श्रमदान

0

बुटवल: अरु राजनीति दलहरु सरकार परिवर्तनको विषयमा रमाइरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, केन्द्रीय नेतादेखि कार्यकर्ताहरुसम्म अहिले धान रोपाइँमा व्यस्त रहेका छन् ।
पार्टीले आफ्नो लागि आँफै उत्पादन गर्ने कार्ययोजना समेत अगाडि बढाएको छ । त्यसैगरी सहिद परिवार, घाइते तथा बेपत्ता परिवारको घरमा समेत श्रमदान अभियान संचालन गरिरहेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जनयुद्धका सहिद दुर्गा पाण्डे र बेपत्ता योद्धा युवराज पाण्डेको आमा तुल्सा पाण्डेको खेतमा पार्टीका पोलिट ब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको नेतृत्वमा पार्टी केन्द्रीय सदस्य शरद सी, विश्वास सी तथा रुपन्देही सेक्रेटरी विरेन्द्र सी लगायतको सहभागितामा श्रमदान गरि धान रोपाइँ सम्पन्न गरेको छ ।
उक्त रोपाइँमा दर्जनौं स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुमा समेत पार्टीले श्रमदान गरि रोपाइँ अभियान संचालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।