८ जेष्ठ २०८१, मंगलवार

आस्थाका बन्दीहरुसँग केन्द्रीय कार्यालयमा विप्लवकाे भेट

0

काठमाडौँ । फागुन २९ भीमफेदी कारागारबाट रिहा भएका आस्थाका बन्दीहरुमध्ये ९ जनासँग नेकपाका महासचिव विप्लवले भेटघाट गर्नुभएको छ ।
पार्टी कार्यालय शिवराज, कपिलवस्तुमा फागुन २९ गते रिहा भएकामध्ये ९ जना दीपक विष्ट, मणीराम राई, विशाल राई, मुस्कान राई, सन्तोष तामाङ, नरेन्द्र तामाङ, आशा रावत, जुनमाया ओड, आयुषा लिम्बू र अरुण मगर छन् ।
आइतबार बिहान उनीहरूलाई स्वागत-अभिनन्दन तथा भेटघाट गरिएको हाम्रा संवादाता विमर्श सीले बताएका छन् ।

यसअघि नै नेकपा मकवानपुर, नेकपा चितवन र नेकपा काठमाडौँसहित पार्टीका पिविएम, सिसिएम तथा नेताकार्यकर्ताहरुले फुलमाला र अविरजात्रा गरेर स्वागत गरेका थिए । पार्टीका काम विशेषले कार्यालय बाहिर रहनुभएका महासचिव विप्लवले फर्किने बित्तिकै जेलमोर्चा सम्हालेकोमा सबै कमरेडहरुलाई धन्यवादसहित बधाई तथा शुभकामना दिदै उनीहरुलाई हौसला प्रदान गरि स्वागत गरेका छन् ।

भिमफेदी कारागार मकवानपुरबाट निस्किएका १० जना टोलि आजै पार्टीको केन्द्रिय कार्यलय कपिलवस्तु गएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।