                झापा । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले देश गम्भीर संकटमा फसेको बताउँदै यसको निकास नेपाली विशेषताको समाजवाद रहेको बताएका छन् । उनले देशभक्त र अग्रगामी सबैलाई ध्रुवीकृत गर्दै निकासको नेतृत्व गर्न नेकपा तयार रहेको बताए ।
आज झापाको कनकाई नगरपालिकास्थित सुरङ्गामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै उनले यस्तो बताएका हुन् । दलाल संसदीय व्यवस्थाका कारण आज देश र जनताले गम्भीर संकट भोग्नुपरेको विश्लेषण गर्दै उनले यो व्यवस्था रहेसम्म कुनै पनि हालतमा जनताले निकास नपाउने बरु नेपालमा अमेरिकी साम्राज्यवादको ग्रान्ड डिजाइनमा प्रायोजित विद्रोहको खतरा बढेको बताए ।
पूर्वमा भएको प्रदेश नामाकरण र त्यसको विरुद्ध निस्किएको पहिचानको आन्दोलन, गाई काटिएको काण्ड लगायतका विभिन्न बहाना निकाल्दै देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र समेत तय भैसकेको र त्यसका लागि सिके राउत, रेशम चौधरी लगायतका पात्रहरु समेत खडा गरिएको उनले बताए ।
 यु एन पिओमा छुट्टै देश दर्ता गराएर नेपाल टुक्र्याउन हिँडेका सिके राउतहरु जस्ताको हातमा सत्ता पुग्न सक्ने बताउँदै उनले मिसन ८४, मिसन मध्यावधि वा मिसन प्रायोजित विद्रोह लगायत सबै मिसनबाट अमेरिकाले नेपालमा नयाँ जेलेन्सकी जन्माउने खेल शुरु गरेको समेत उनले खुलासा गरे । योसंगै चीन समेत सकृय बनेको स्मरण गराउँदै परिस्थिति यस्तै रहे नेपाल युक्रेनपथमा जान सक्ने उनले बताए ।

नेपालमा देशभक्तहरुलाई समेत भ्रमित गर्ने उदेश्यले ढाका टोपी र नेपाली झण्डाको दुरुपयोग गर्दै राष्ट्रवादको नारा लगाएर साम्राज्यवाद कृयाशिल रहेको बताए । उनले को हुन राष्ट्रवादी ? प्रश्न गरे । पूर्व राजा हो ? दुर्गा प्रसाईं हो ? राजेन्द्र लिङ्देन हो ? रवि लामिछाने हो ? राष्ट्रवादको नारा भजाएर देशभक्त नेपालीलाई भ्रमित गरिराख्न अब संभव नरहेको बताउँदै – आफ्नो पार्टीको डकुमेन्टमा साम्राज्यवादको हस्तक्षेप विरुद्ध नीति समावेश गरेर सडक मोर्चामा आउन चुनौति दिएका छन् । एमसीसी र अमेरिकी हस्तक्षेपको विरुद्ध चुँ नबोल्ने दुर्गा प्रसाईं कसका मान्छे हुन्, अब प्रश्न गर्ने बेला आएको बताए ।
अमेरिकाले नेपालमा एमसीसी र एसपीपी जस्तो राष्ट्रघाती कार्यक्रम कार्यन्वयनमा ल्याउन जस्तोसुकै कदम चाल्न तयार रहेर नेपालमा घुसपैठ गरिरहेकाले कम्युनिस्ट, वामपंथी र देशभक्त शक्तिहरु समयमै मिलेर नेपाली विशेषताको समाजवाद कार्यन्वयन गर्नुपर्ने अनि मात्र देश र जनताले निकास पाउने उनले बताए ।
नेकपाले यतिबेला देशका सबै स्थानीय तहमा ” वर्तमान राजनीतिक संकट र समाधान ” विषयक अन्तरक्रिया समेत चलाइरहेको बताउँदै बेलैमा सबै बुद्धिजीवी , समाजसेवी , देशभक्तहरुले समाजवादमा जान ढिलाइ गर्न नहुने निष्कर्ष निकाल्दै अबको युग समाजवादको युग हुने समेत नेता सिंहले बताए ।
 अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार सदस्य होम सी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्राध्यापक, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियोे । पार्टीको पश्चिम झापा सचिव विनोद सीले परिपत्र वाचन गरेका थिए भने कार्यक्रम सञ्चालन इन्चार्ज सञ्जय सीले गरेका थिए ।