२२ भाद्र २०८१, शनिबार

नेकपा कार्यकर्ताले झापामा सुरु गरे कृषि उत्पादन तथा बचत सहकारी, पहिलो साधारण भेला सम्पन्न

0

झापा । नेकपा झापामा कृयाशिल नेता कार्यकर्ताले कृषि उत्पादन तथा बचत सहकारीको सुरुवात गरेका छन् । नेकपाका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीको उपस्थितिमा सुरुवात भएको भेलामा सुमनसिंहले आफुहरुले संचालन गर्ने सहकारी कस्तो हुन्छ भन्ने समग्र योजना प्रस्तुत गरेका थिए ।

आत्मनिर्भर कृषि उत्पादन तथा बचत सहकारीको नाम दिइएको सहकारीले एक हजार सदस्यहरुलाई मासिक एक हजार बचत गराउने, उक्त रकम कृषि उत्पादन, कृषि उद्योग र कृषि व्यापारमा लगानी गर्ने योजना बनाएको छ ।

निराशाले भरिएको समाजमा यही केही गर्न सकिन्छ भन्ने भाष्य निर्माण गर्न आवश्यक भएको बताउदै सुमनसिंह सीले भने शिक्षा, स्वास्थ्य, आवास र रोजगारी समेतको सुनिश्चितता यहि सहकारी र मासिक एक हजारबाट संभव भएको बताए । सबैसंगै समृद्ध बनौं भन्ने नारा लिएको सहकारीले साधारण भेलाकै दिन २८ हजार रुपैंया बचत गरेको छ ।

विश्वास गरौं, विश्वास दिलाऔं ! भन्ने नारा समेत सहकारीको रहेको छ । यसले समुहमा लगानी गर्ने, संस्थाप्रति समुहलाई उत्तरदायी बनाउने, कृषि उत्पादनलाई बढावा दिने र सोसंगै सम्बधित सम्पूर्ण कार्यहरु गर्ने सहकारीको उदेश्य रहेको पार्टी केन्द्रिय सदस्य प्रशान्त सीले बताए ।

कार्यक्रममा जिल्लाका एक सय अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पार्टीका झापा जिल्ला सेक्रेटरी संजय सीले गरेका थिए । सहकारीको प्राविधिक विषयबारे पार्टीका प्रदेश कमिटी सदस्य हुकुम सीले राखेका थिए ।

साधारण भेलाले सहकारीको संरक्षक सुमनसिंह सी, अध्यक्ष प्रशान्त सी, उपाध्यक्ष रोशनी सी, सचिव हुकुम सी, सह सचिव कुमार सी, कोषाध्यक्ष बिमला सीसहित १२५ सदस्यीय समिति निर्माण भएको छ । यसले बचत कार्यको सुरुवात गरेको छ भने अन्य आवश्यक प्राविधिक काम, कानुनी कामहरु अगाडि बढाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।