११ पुष २०८१, बिहीबार

कम्युनिस्ट पार्टीहरु पुँजीवादी पार्टीभन्दा पनि पछौटे भए : अनिल सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मद्येस प्रदेश इन्चार्ज अनिल सीले नेपालका कम्युनिस्ट पार्टीहरु पुँजीवादी पार्टी भन्दा पनि पछौटे भएको आरोप लगाएका छन् । बुधबार महोत्तरी जिल्लाको बर्दिवारमा आयोजित राष्ट्रका लागि बलिदान पुस्तक परिचर्चा तथा सहिद कुमार पौडेलको स्मृति सभालाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अखिल नेपाल लेखक संघले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै उनले हिजो समाजको सबैभन्दा अगाडि बढेको, सास्कृतिक रुपमा अगाडि बढेको पार्टी कम्युनिस्ट पार्टी  भएपनि आज कम्युनिस्ट पार्टी पुजीवादी पार्टी भन्दापनि पछौटे जस्ता, रुढीवादी जस्ता बनेको बताए । नेता अनिलले यही कारण कम्युनिस्टहरुले समाजको नेतृत्व गर्न नसकेको बताए । आफुलाई कम्युनिस्ट भन्नेहरूले नै कुमार पौडेलको हत्या गरेको जिकिर गर्दै उनले नेकपा हत्याराको कारवाहीका लागि संघर्षरत रहेको बताए । ‘सुकुम्बासीको पक्षमा लड्ने कुमारका बुवा काङ्ग्रेसमा हुनुहुन्छ । उहाँ कम्युनिस्ट कि सुकुम्बासीहरुको पक्षमा लड्नेलाई मार्नेहरु कम्युनिस्ट ?’, सहिद कुमारका बुवाकै अगाडि उनले भने, ‘यो बहसको विषय छ। नेपालका कम्युनिस्टहरु कांग्रेसभन्दा पनि पछौटे भए ।’

नेता अनिल सीले नेपालमा नेकपाले सुकुम्वासीहरुका लागि संघर्ष गरेका कारण घरबारको व्यवस्था भएको बताए । ‘नेपालमा नेकपा नभएको भए देशमा हजारौं सुकुम्बासीहरु अहिले घरबार बिहीनको अवस्थामा हुने थिए ।’, उनले भने, ‘यो हाम्रो संघर्षका कारण भएको हो । यसमा कुमार पौडेलको पनि ठूलो योगदान छ ।’ नेकपा शान्तिपूर्ण ढङ्गबाट यो देशमा किसान, मजदुर, सुकुम्बासी, दलित, महिलाका समस्याहरु समाधान होस् भनेर संघर्ष गरिरहेको बताए ।

उनले नेकपाले विदेशिहरुको नेपालमा ब्यारेक राख्ने षड्यन्त्र बन्दहोस् भन्ने चाहेको बताउँदै पार्टीले आगामी निर्वाचनमा भाग लिएर यी समस्याहरुको समाधान गर्न तयार रहेको जानकारी दिए । ‘अमेरिकाले ६ ओटा जिल्लामा आफ्नो सैन्य ब्यारेक राख्ने प्रस्ताव गरेको कुरा सरकारका माथिल्ला तहका नेताहरूले नै भनिराखेका छन् । यदी यसो भयो भने यो देशमा लडाइँ हुन्छ । चुनाव परको कुरा हो ।’, उनले भने, ‘यस्तै परिस्थिति रहिरहेछ भने निर्वाचनमामार्फत त्यहा पनि हाम्रो पार्टी सहभागी हुन्छ । संसदमै साम्राज्यवादका बिरुद्ध लड्छौं, तिनका मालिकहरुलाई तिनका दलालहरुको बिरुद्ध लड्छौं । विदेशी सेनाहरु नेपाली भुमिमा परेठ खेल्ने भयो भने शान्तिपूर्ण आन्दोलनमा दमन भयो भने आन्दोलनको रुप तुरुन्तै बदलिन्छ।’ 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।