
काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी मधेस प्रदेश समितिको बैठक सम्पन्न भएको छ । शुक्रबार बर्दीवास ८, कृष्णपुरमा सम्पन्न बैठकले जेनजी आन्दोलनमा भत्काइएका सहिदहरुका स्मारकहरुको पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले जेनजी आन्दोलनका क्रममा सहीदहरू अजवलाल यादव, कृष्णसेन इच्छुक, लखन थापालगायतको स्मारक भत्काइएको घटनाको निन्दा गर्दै ती स्मारकहरुको पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले सबै राजनीतिक पार्टी, बुद्धिजीवी तथा व्यवसायीहरुसँग छलफल गर्ने, कम्युनिस्ट केन्द्रको आधार निर्माण गर्ने, दशैं अगाडि मधेसका सबै जिल्लाको बैठक बस्ने निर्णयसमेत गरेको नेकपा स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज अनिल सीले बताए ।
प्रतिक्रिया दिनुहोस्