६ बैशाख २०८२, शनिबार

नेकपा मधेस प्रदेशद्वारा प्रतिगमनविरुद्ध जनकपुरमा मशाल जुलुस

0

धनुषा – नेपाल कम्युनिस्ट पार्टी, मधेस प्रदेशले प्रतिगमन विरुद्ध जनकपुरमा मशाल जुलुस प्रदर्शन गरेको छ।

नेकपा मधेस प्रदेशले बिहीबार साँझ राजावादीहरूको प्रतिगमनकारी हर्कत, संघीयता मास्ने षड्‌यन्त्र र दलाल पुँजीवादको विरुद्ध जनकपुरमा राँके जुलुस प्रदर्शन गरेको हो ।

जनकपुरधाम बजारको भानुचौकबाट शुरु भएको जुलुस प्रतिगमन विरुद्ध नारा लगाउँदै मिल्स एरिया चोकमा पुगेर सभामा परिणत भएको थियो ।

उक्त सभाबाई पार्टीका केन्द्रीय सदस्यहक लक्ष्मण सी, पवन सी र इन्द्रदेव सीले सम्बोधन गरेका थिए । प्रतिगमन विरुद्धको मसाल जुलुसको नेतृत्व पार्टीका मधेस प्रदेश इन्चार्ज अनिल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।