२२ भाद्र २०८१, शनिबार

अखिल (समाजवादी) सर्लाहीको बैठक सम्पन्न, वृक्षारोपण र बिरुवा वितरण

0

काठमाडौं – अखिल (समाजवादी) जिल्ला समिति सर्लाहीको दोस्रो पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकको अवसर पारेर अखिल (समाजवादी)ले वृक्षारोपण तथा बिरुवा वितरणसमेत गरेको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर २ पुनर्वास टोलामा कार्यक्रममा गर्दै विभिन्न प्रजातिको बिरुवा वृक्षारोपण गरेका हो । साथै, स्थानीयलाई २०० वटा बिरुवा वितरण गरेको छ। अमला, तेजपत्ता, अशोक लगायतका विभिन्न प्रजातिका विरुवाहरु ४० घरधुरिमा वितरण गरेको हो । अखिल (समाजवादी) नारायणी (मधेस प्रदेश)को निर्णय अनुरूप बर्खाको बेलामा हुने सबै राजनीतिक कार्यक्रमहरूमा वृक्षारोपण अनिवार्य गर्ने निर्णय अनुसार आज उक्त कार्य गरेको अखिल (समाजवादी)ले जनाएको छ । यो बर्खामा १० हजार बिरुवा रोप्ने योजना रहेको सर्लाही अध्यक्ष रामकबिर सीले जनाए ।

बैठकले केन्द्रीय योजनालाई कार्यन्वयन गर्दै संगठनात्मक अभियानलाई जोड दिने निर्णय गरेको छ । बैठकबाट सबै क्याम्पसहरुको इन्चार्ज तोक्दै, लागू औषध बेचबिखन तथा कर छली गरि सामान ओसारपसारमा रोक लगाउने र शैक्षिक माफियाविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै प्राकृतिक सम्पदा दोहन रोक्ने र चुरे संरक्षण कार्यमा जुट्ने निर्णयसमेत गरेको छ । सँगै समाजमा व्याप्त सामाजिक विकृति, विसंगति र रुढीवादी परम्पराविरुद्ध सचेतना अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष रामकबिर सीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी अखिल (समाजवादी) का केन्द्रिय सचिव तथा नारायणी (मधेस प्रदेश) इन्चार्ज अटल सी, विशिष्ट अतिथि सर्लाही जिल्ला सेक्रेटरी जनक सी र नारायणी (मधेस प्रदेशका सह–इन्चार्ज लोकेश सीको अतिथ्यता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।