३१ भाद्र २०८१, सोमबार

उत्पीडित वर्ग-समुदायले दोब्बर मेहनत गर्नुपर्छ : प्रकाण्ड सी

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले उत्पीडित वर्ग – समुदायले राजनीतिमा दोब्बर मेहनत गर्नुपर्ने बताएका छन् । उत्पीडित समुदायका अग्रजहरु राजनीति र सत्तामा नभएका कारण मुक्ति र सत्ता प्राप्तिका लागि उक्त मेहनत गर्नुपर्ने उनले बताएका हुन् ।

बुद्धनगर काठमाडौंस्थित मोर्चाको कार्यालयमा आयोजित श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समितिको बैठकमा प्रमुख अतिथिको रुपमा प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् । क्रान्ति भनेको सम्भावना र चुनौतीको संयोजन भएको हुँदा सशक्त रुपमा अगाडि उत्साहित भएर अगाडि बढ्न सबैलाई आग्रह गरे ।

क्रान्तिका लागि पार्टी संगठनलाई सुदृढ र विस्तार गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरि सांगठनिक काम गर्न सबैलाई निर्देशन समेत दिए । आवश्यकतामा ध्रुवीकरण, एकता र मोर्चाबन्दी/सहकार्यलाई अगाडि बढाउनुपर्ने समेत उनले स्पष्ट पारे ।

बैठकका अतिथि मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीले कम्युनिस्ट पार्टी सदस्य All time alert and available हुनुपर्नेमा जोड दिए । क्रान्तिको उत्कर्षको निकट रहेको समय भएको हुनाले यतिबेला सबैले द्विविधामा नपरी काम गर्नुपर्ने उनले स्पष्ट पारे ।

उत्पादन, संगठन र संघर्षलाई एकसाथ अगाडि बढाउन सकेमात्रै मुक्ति आन्दोलन सशक्त बनाउन सम्भव हुने कुरा समेत उनले स्पष्ट पारे । त्यसैगरी मोर्चा कार्यालय सदस्य तथा नेकपा प्रतिनिधि सदस्य गोपाल सीले पनि प्रशिक्षणमूलक मन्तव्य राखे ।

प्रदेश इन्चार्ज पदम सीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । उत्पादन र व्यवसायका निम्ति कार्यविभाजन ठोस गरिएको छ । सूचना, संचार तथा प्रकाशन सम्बन्धि कामलाई थप व्यवस्थित गर्ने निर्णय गरिएको छ । ललितपुर लगायत विभिन्न जिल्लामा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा भइरहेका छुवाछूत र विभेद विरुद्ध उपयुक्त संघर्ष गर्ने लगायत निर्णय बैठकले गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।