२३ भाद्र २०८१, आईतवार

नेकपा मकवानपुरद्वारा चित्र बहादुर अर्याल, मान बहादुर मोक्तान र रमेश तिरुवाप्रति श्रद्धाञ्जली व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले चित्र बहादुर अर्याल, मान बहादुर मोक्तान र रमेश तिरुवाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै परिवारजनप्रती समवेदना व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्ने प्रेरणा दिएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा दुबैमा रहेका राक्सिराङ-९ निवासी मकवानपुरका पार्टी जिल्ला सेक्रेटरी सुर्य सीको ठुल्दाई चित्र बहादुर अर्यालको मिति २०८१/०२/२० गते भएको असामयिक निधनले पार्टीपंक्ति र परिवारजन स्तब्ध र दुखी भएको शोक वक्तव्यमा उल्लेख गरेको छ । त्यस्तै मनहरी-३ निवासी अनेम संघ क्रान्तिकारी मकवानपुरका संयोजक सानुमाया सीको ठुलोबुबा मान बहादुर मोक्तानको मिति २०८१/०२/०२ गते भएको दुखद निधनले पनि पार्टीपंक्ति र परिवारजनमा दुख निम्त्याएको बताएको छ । साथै सन्नी त्रिवेणी-४ कालिकोट घर भै कामको सिलसिलामा हेटौंडा-१९, बस्तिपुरमा बस्ने अखिल (समाजवादी) मकवानपुरका जिल्ला सचीव आकाश सीको दाइ रमेश तिरुवाको मिति २०८१/०२/०२ गते अल्पायुमै भएको देहावसानले पनि सिंगो पार्टीपंक्ती र परिवारजनमा शोकाकुल क्षण आएको वक्तव्यमा भनिएको छ । 

पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको हस्ताक्षरमा रहेको शोक वक्तव्य मार्फत मृतक जनहरुप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।