२२ भाद्र २०८१, शनिबार

निर्माणाधिन पशु संरक्षण केन्द्रको महासचिव विप्लवद्वारा अवलोकन

0

बुटवल/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीद्वारा निमार्णाधिन पशु संरक्षण केन्द्रको अवलोकन गरिएको छ ।
कपिलवस्तुको शिवगढी नगरपालिका ९ मा रहेको करिब ३ बिघामा फैलिएको केन्द्रको महासचिव विप्लवले अनुगमन गरेका हुन् । छाडा चौपायाहरुको संरक्षणको लागि भवनहरु निर्माण गरिएको उक्त केन्द्रमा केही हप्ता पछाडि छाडा चौपायाहरुलाई ल्याउने तयारी गरिएको छ ।
पशु संरक्षण केन्द्रका अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य सिंगम सीका अनुसार नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय योजना अनुरुप यो कार्य अगाडि बढाइएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।