३१ भाद्र २०८१, सोमबार

कांग्रेस क्रियाशिल सदस्य खिम बहादुर वली जसले सिंगो टोल नै विप्लवको पार्टीमा प्रवेश गराए..

0

दाङ । दङ्गीशरण गाउँपालिका – ४ बालुवा टोल निवासी खिम बहादुर वली नेपाली कांग्रेसका क्रियाशिल सदस्य थिए जसले लामो समय कांग्रेस पार्टीलाई आदर्श ठानेका थिए ।
गत जेठ २८ गते तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ३ नं. निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले नेकपामा औपचारिक प्रवेश गरे ।

उनलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले टीका आवरणसहित पार्टीमा स्वागत गरेका थिए ।

नेता खिम बहादुरले आफु मात्रै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने कुरा त्यति धेरै अचम्मित पर्ने कुरा हुँदै होइन तर आफू पार्टी प्रवेशको लगत्तै सिंगो बालुवा टोललाई नै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गराए ।

असार ६ गते दङ्गीशरणको मौलीमा नेकपा शान्तिनगर गाउँकमिटीको आयोजनामा पार्टी प्रवेश तथा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।
सोही कार्यक्रममा खिम बहादुर वलीको नेतृत्वमा दङ्गीशरण -४ बालुवा टोलका २४ घरधुरीले नेकपा प्रवेश गरेका थिए ।

बालुवा टोलमा जम्मा २९ घरधुरी रहेका छन् भने २४ घरधुरीले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशबारे संक्षिप्त प्रतिक्रिया दिँदै वलीले भने– ‘ यसमा सजिलो कुरा छ कांग्रेसले जनताको राजनीति गरेन र हामीले कांग्रेस छोड्यौँ । कांग्रेस हाम्रो वर्गको पार्टी रहेनछ । हाम्रा दु:खकष्टमा साथ दिने पार्टी कांग्रेस होइन । एक हिसाबले भन्ने हो भने कांग्रेस ठेकदार, दलाल र माफियाहरुको पार्टी हो । एकपटक विप्लवले यो देशलाई माथी उठाउँछन् कि भन्ने आशाले यो पार्टीमा सिंगो टोल आएको छ । हामीलाई देश चाहिएको छ अरु केही चाहिएन । देश बचाउने जिम्मा अब विप्लवको काँधमा छ । अब कांग्रेसलाई धेरै भन्नू छैन, यतिका वर्ष कांग्रेसलाई हेरियो देश झन् कंगाल भयो ।’

सरकार बन्ने र ढल्ने मात्रै भयो ।’,उनले थप भने, ‘ यो स्थिर सरकार बन्नुको कारण यो व्यवस्थाको दोष हो । संसदीय व्यवस्था अस्थीर राजनीतिक प्रणाली हो भन्ने पुष्टि बारम्बार भइसकेको छ । त्यसैले अब नेकपाले अघि सारेको नेपाली विशेषताको समाजवादमा अघि जानुपर्छ । हामीलाई समाजवादको नीति मन परेर पनि नेकपामा जोडिएका हौं । अब विप्लवको नेतृत्व र नेपाली विशेषताको समाजवादी राज्य यसको विकल्प छैन ।’

पछिल्लो समय दाङमा पुराना पार्टीका मान्यताहरुलाई भत्काउदै नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्नेहरुको लहर ह्वात्तै बढेको छ ।

विशेषत कांग्रेस, एमाले, माओवादी केन्द्र लगाएतका पार्टीका कार्यकर्ताहरु नेकपामा प्रवेश गरिरहेका छन् ।

पार्टीमा प्रवेशको लहरबारे नेकपाले पुराना पार्टीप्रतिको वितृष्णा र नेकपाले अघि सारेको समाजवादी कार्यक्रमको लोकप्रियता भनेर बुझेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।