१० असार २०८२, मंगलवार

नेकपाले दाङमा ‘क्विक रेस्पोन्स टिम’ सक्रिय बनाउने

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले जिल्लामा ‘क्विक रेस्पोन्स टिम’ सक्रिय बनाउने बताएको छ ।
पार्टीका जिल्ला सचिव तिलक सीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

जिल्ला सचिव तिलक सीद्वारा जारी विज्ञप्तिमा वर्षाको बेलामा बाढी पहिरो लगाएत सम्भावित प्रकोपमा आवश्यक सहयोग (उद्धार, राहत) का लागि जिल्ला पार्टी सचिवको नेतृत्वमा रहेको ‘क्विक रेस्पोन्स टिम’लाई सक्रिय पारी उद्धार र सहयोगमा विभिन्न निकायसंग सहकार्य गरि परिचालन गर्ने बताइएको छ ।

यस्तै विज्ञप्तिमा किसानहरुलाई यथासिघ्र सहजरुपमा मलको प्रबन्ध गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ – ‘धान उत्पादनको सिजन चलिरहेको छ । मलको मात्रा पर्याप्त छैन, आएको मल वितरण पनि समानुपातिक र न्यायपुर्ण छैन । यहीँ मौकालाई दुरुपयोग गरि विभिन्न कालाबजारिया र तस्करहरुले गुणस्तरहिन मलमा समेत चर्को पैसा असुल्ने र कतिपय सहकारीहरुले समेत चर्को मुल्यमा मलको कारोवार गरिरहेको भन्ने व्यापक जनगुनासोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिको पूरा पाठ –


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।