
नवलपूर । नेपाल कम्युनिष्ट पार्टीका नवलपुर जिल्ला सल्लाहकार संयोजक चित्तलसिंह राना ‘मङ्गलसेन’को प्रथम स्मृति दिवसका अवसरमा देवचुली–११, नवलपुरस्थित सूर्यकिरण आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई स्कुले झोला वितरण गरिएको छ । मृतकका श्रीमती देवीमाया रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन देवमाया थापाले गरेकी थिइन् भने स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापाले व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेमबहादुर ठाडासहित राष्ट्रिय अभिभावक संघका जिल्ला सचिव दुर्गा भुसाल र नेकपा नेता बेलबहादुर सारु लगायतका वक्ताहरूले रानाको राजनीतिक एवं सामाजिक योगदानको स्मरण गरेका थिए । उनीहरूले रानाले सादा जीवन र निष्ठाका साथ पार्टी संगठन र सामाजिक विकासका क्षेत्रमा खेलेको भूमिका अतुलनीय रहेको बताउँदै रानाका आदर्शलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।
रानाको स्मृतिमा स्थापित अक्षयकोषबाट प्राप्त एक लाख २० हजार रुपैयाँको ब्याजमार्फत विभिन्न समयमा फरकफरक क्षेत्रमा सामाजिक सहकार्य गर्ने योजना रहेको परिवार स्रोतले बताएको छ ।