३० आश्विन २०८१, बुधबार

नेकपा नवलपुरकाे राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

0

नवलपूर/ नेपाल कम्युनिष्ट पार्टी नवलपुरले पार्टीको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीको प्रमुख आतिथ्यता एवं केन्द्रीय प्रतिनिधि सदस्य तथा नेकपा नवलपुर (जिल्ला सेक्रेटरी) सुमन सीको अध्यक्षतामा नवलपुरको कावासोतीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षणमा पार्टी सदस्यसम्मकाे उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिलु सीले पार्टीले निकालेको निष्कर्षको आधारमा देश अगाडि बढिरहेको भन्दै सत्तासिन संसदीय दलसँग आम जनता असन्तुष्ट रहेको बताइन् । जनतालाई देशमा बाढी र प्रकोपको सन्त्रास भइरहेको बेला प्रधानमन्त्रीले निरोले बासूरी बजाएझै विदेशमा बसेर तमासा हेरेको आरोप लगाइन् ।

गणतन्त्र प्राप्तिपछि जनताको स्तर माथी उठ्दै जानुपर्नेमा झन् दयनीय भएको भन्दै उनले यसको सही समाधान नेपाली विशेषताको समाजवाद रहेको उद्घोष गरिन् । देशमा एकपटक विप्लव नेतृत्वको नेकपाले नेतृत्वमा आओस् भन्ने धेरै जनताले चाहेको भन्दै नेता तथा कार्यकर्तालाई जनमूखी हुन र देशमा बढिरहेको भ्रष्टचार, महङ्गी र कालाबजारीको विरुद्ध सङ्घर्ष गर्न समेत उनले आग्रह गरिन् ।

यस्तै कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज पदम सीले पार्टीप्रति आम जनताको आशा र भरोसा बढेको भन्दै अबको बाटो समाजवादको हुने र त्यसको नेतृत्व नेकपाले गर्ने बताए ।
कार्यक्रममा नेकपा नवलपुर जिल्ला सल्लाहकार समितिबाट राजकुमार सी, सहिद/बेपत्ता परिवारबाट कमल सी लगायतले पार्टीलाई सुझावसहित मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन केन्द्रीय प्रतिनिधि सदस्य तथा नेकपा नवलपुर कावासोती नगर इन्चार्ज रक्षक सी र स्वागत मन्तव्य नेकपा नवलपुर जिल्ला समिति सदस्य तथा गैंडाकोट नगर इन्चार्ज अर्जुन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।