३१ भाद्र २०८१, सोमबार

नेकपा नवलपूरद्वारा पार्टी सुदृढीकरण अभियान सुरु

0

नवलपूर/ नेपाल कम्युनिष्ट पार्टी नवलपूर जिल्ला समितिले पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरेको छ । रामवृक्ष यादव (क.मास्टरसाहेब) स्मृति दिवस पारी पार्टीको सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सुरु गरेको हो ।
आइतबार पार्टीले आयोजना गरेको स्मृति दिवसमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एव नवलपूरका जिल्ला इन्चार्ज पदम सीले मास्टरसाहेबको कम्युनिष्ट आन्दोलनप्रतिको श्रद्दा र समर्पणको चर्चा गर्दै नेकपा नवलपूरले पूर्व माओवादी, कम्युनिष्ट आन्दोलनका योद्दा तथा सहिदपरिवार, समाजवादी आन्दोलनमा लागेका नेता कार्यकर्ता एवं वामपन्थी बुद्दिजीविहरुलाई भेटघाट गर्दै सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सुरु गर्न लागेको बताए । उनले अबको समाजवादी यात्रा सबैसँग सहकार्यमा अगाडि बढ्ने बताउदै सबैसँग छलफल र भेटघाट गर्नुपर्ने उनको जोड थियो । यस्तै कार्यक्रममा जिल्ला सल्लाहकार सदस्य भरत सीले उत्पादनको नीतिसहित पार्टी जनतामा जाने कुराले जनतामा उत्साह थपिएको बताए ।
मध्यबिन्दु नगर इन्चार्ज नर बहादुर सीको सन्चालनमा भएको कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरीले सुमन सीले गरेका थिए । कार्यक्रम सकिए लगत्तै जिल्ला नेता कार्यकर्ताले जिल्लाको उत्पादन (धानखेती) मा रहेको झार गोडमेल गरेका थिए । नवलपूर जिल्लाले जिल्लाको मध्यबिन्दु नगरपालिका ४ बसन्तपूरमा १ बिघा खेतमा धान रोपाई गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।