
काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधि समिति सदस्य बिनिता सीकाे बुवा रङ्गेसिंह बिष्टको निधनप्रति दु:ख व्यक्त गरेको छ ।
पार्टीका महासचिव विप्लव सीले आज शाेक वक्तव्य जारी गर्दै बुवा रङ्गेसिंह बिष्टको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शाेकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
शोक वक्तव्यमा भनिएको छ,’पार्टीका प्रतिनिधि समिति सदस्य कमरेड बिनिता सीको आदरणीय बुवा अछाम रामारोषन वडा नं ४ बाटुलासेन (हाल लम्की कैलाली) निवासी रंगेसिंह बिष्टको उपचारको क्रममा मिति २०८१ भदौ ३ गते राति ११ बजे ६८ वर्षको उमेरमा दुःखद निधन भएको खबरले हामीलाई स्तब्ध बनाएकाे छ।
आदरणीय बुवाप्रति हाम्रो संगठन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’
प्रतिक्रिया दिनुहोस्