३१ भाद्र २०८१, सोमबार

महिला नेता बिनिताका बुवा रङ्गेसिंह बिष्टको निधनप्रति अ.ने.म.संघ क्रान्तिकारीद्वारा शोक व्यक्त

0

काठमाडौँ/ अखिल नेपाल महिला संघ क्रान्तिकारीले संगठनकी सचिवालय सदस्य बिनिताका बुवा रङ्गेसिंह बिष्टको निधनप्रति शोक व्यक्त गरेको छ । अध्यक्ष बन्धु सीले मङ्गलबार एक वक्तव्य जारी गर्दै उनको निधनप्रति श्रद्धाञ्जली र आफन्तहरुमा गहिरो समवेदना प्रकट गरेकी छन् ।

अध्यक्ष बन्धुद्वारा जारी शोक वक्तव्यमा “हाम्रो संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य कमरेड विनिता सीको आदरणीय वुवा अछाम रामारोसन वडा नं ४ बाटुलासेन (हाल लम्की कैलाली) निवासी रंगेसिंह बिष्टको उपचारको क्रममा मिति २०८१ भदौ ३ गते राति ११ बजे ६८ वर्षको उमेरमा दुःखद निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ” भनिएको छ ।

त्यस्तै आदरणीय बुवाप्रति हाम्रो संगठन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ समेत जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

शोक वक्तव्यको पूर्ण पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।