३१ भाद्र २०८१, सोमबार

धमाधम बिक्री हुन थाल्यो नेकपा गण्डकीले उत्पादन गरेको काक्रा

0

पोखरा/ शनिबार र आइतबार नेकपाका गण्डकी प्रदेशका नेताहरुले खेतमा फलिरहेको काक्राहरु टिपेर जम्मा गरिरहेका थिए । खेतमा नेकपाका स्थायी समिति सदस्य एव गण्डकी प्रदेश कमिटिका इन्चार्ज उमा सी, केन्द्रीय सदस्य एव एव कार्यालय सचिव विकिरण सी र केन्द्रीय सदस्य एव उत्पादन विभाग प्रमुख उषा सी काक्रा टिप्न ब्यस्त थिए ।

केही क्रेट काक्रा भरिएपछि काक्रालाई बिक्रीका लागी हाटबजार लगियो । नेकपाको पार्टी कार्यालयमा काक्रा फलेको र बिक्री गरिरहेको सुचना पाएका केही स्थायीयबासीहरु भने फ्रेस काक्रा किन्ने भन्दै पार्टी कार्यालय पोखरा उपमहानगरपालिका वडा नम्बर १४ को छिनेडाडामा पुगेर काक्रा किन्नेहरु पनि थिए ।
पार्टी कार्यालयमा युवा सङ्गठन नेपालका गण्डकी प्रदेश इन्चार्ज विक्रम सीले क्राक्रा र सगै फलेको साग बेचिरहेका थिए । कार्यालयमा सल बनाएर काक्राहरुलाई राख्दै उनले झण्डै ३५ किलो काक्रा बिक्री गरे । यता कार्यालय नजिकै रहेको माछापुछ्रे विश्राम शितल चौपारीमा काक्रा चिरेर पिसपिसमा बेचिरहेका थिए । नेकपाको उत्पादनलाई नजिकबाट हेरिरहेका पोखरा उपमहानगरका १४ नम्बर वडा अध्यक्ष बोध बहादुर कार्की काक्रा किन्न चौपारीमै पुगे र एक पिस काक्रा किनेरै खाए । काक्रा खाईसकेपछी उनले ‘नेकपाले उत्पादनसहितको राजनितिक कार्यक्रम ल्याएको कुरा निकै स्वागतयोग्य भएको भन्दै उत्पादनलाई वडाले पनि प्राथमिकता दिएको बताए । उनले भने ‘सस्थागत रुपमा फर्मलाई दर्ता गर्नुस, वडाबाट हुने सम्पुर्ण सहयोग रहन्छ । हामी वडाबाट बिउ, मल, कृषी औजार लगायत अनुदान दिने कुरामा प्रतिबद्द छौ ।’
नेकपा गण्डकी प्रदेश कार्यलयले काक्रासहित तरकारी खेतीको लागी टनेल निर्माण गरी हरियो धनिया लगाएको छ भने ड्याङ्ग बनाउदै बोडी, सिमि, काउली र ब्रोकाउली लगायतका तरकारीहरुक पनि लगाईसकेको छ । तिहारको लागी सयपत्री फूलका बिरुवा झण्डै १००० बिरुवाहरुको बिउ तयारी भैरहेको छ , यता अकबरे खुर्सानी लगायतका बेर्नाहरु पनि तयार हुदैछ्न । यस्तै नेकपाले आफ्नो खेतमा १० वटा बिरुवा शित्तलचिनी , कागती २५ बोट लगाईसकेको छ भने केही परिणाम अझै बढाउदै लैजाने तयारी छ । पोखरा जस्तो पर्यटकीय र महङ्गो सहरमा तरकारी लगायत फलफूलहरु उत्पादन ले सजिलै बजार पाउँछ, यता नेकपाले पनी टनेल र ड्याङ्ग निर्माण गर्दै तरकारी उत्पादनलाई प्राथमिकतामा गरिरहेको छ । नेकपाले हाईटेक टनेल निर्माणको लागि पनि तयारी गरिरहेको छ । यस्तै प्रदेशका सबै जिल्लाले आफ्नो अनुकूलतामा धान, फलफूल, जडिबुटी, तरकारीजन्य लगायतका उत्पादन गरिरहेका छ्न ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।