३ आश्विन २०८१, बिहीबार

कम्युनिस्ट पार्टीको झण्डा ओढाएर गरियो नेकपा दाङका सचिवालय सदस्य किसन सीको दाहसंस्कार

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङका सचिवालय सदस्य किसन सीको कम्युनिस्ट पार्टीको झण्डा ओढाएर दाहसंस्कार गरिएको छ ।
सोमबार नेकपाका स्थायी कमिटी सदस्य विषम सी , पार्टीका केन्द्रीय सदस्य एवम सविन सी सहितका नेताकार्यकर्ताहरुले पार्टीको झण्डा ओढाएर मृतक किसन सीको दाहसंस्कार गरिएको हो ।

जनयुद्धदेखि पछिल्लो एकीकृत जनक्रान्तिसम्म निरन्तर क्रान्तिकारी आन्दोलनमा निष्ठाका साथ होमिएका नेता किसन सीको भदौ ३ गते दुखद निधन भएको थियो ।

विभिन्न स्वास्थ्य समस्याका कारण काठमाडौंको इनोभा अस्पताल पानीपोखरीमा उपचार गराइरहेका नेता किसनको सोमबार निधन भएको नेकपाले जनाएको छ ।

दाहसंस्कार अघि संक्षिप्त शोक मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज नेता सविनले प्रत्येक मान्छेको जिवनपछि मृत्यु अनिवार्य भएको बताए ।

उनले भने– ‘ प्रत्येक मान्छेको जिवनमा जीवन र मृत्युको अन्तरद्वन्द्व चलिरहेको हुन्छ । मृत्युले जब मान्छेको जिवनलाई जित्छ त्यसपछि मान्छेको भौतिक शरीर, जैविक शरीर निर्जीव शरीरमा बदलिन्छ । क.किसनको यो मृत्यु निकै असमान्य छ र अप्रीय पनि छ। यो मृत्युले हामीलाई पिडाबोध पनि बनाएको छ । किसन आधारभुत वर्गको , श्रमजिवी वर्गको नेता हुनुहुन्थ्यो । उहाँले ०५७/०५८ देखि लगातार माओवादी आन्दोलनमा, जनयुद्धमा र अहिलेसम्मको आन्दोलनमा अनवरत रुपमा लागिरहनु भएको थियो । उहाँसंग वर्गीय पक्षधरता , क्रान्तिकारी दृढता थियो र उहाँले कहिलैपनि आफ्नो वर्ग , समुदायलाई भुल्नु भएन । उहाँले आफ्नो जीवनकालमा समाज परिवार , पार्टीको लागि र यो देशको लागि जुन योगदान पुर्याउनु भएको छ त्यसको पार्टीको तर्फबाट सम्मान व्यक्त गर्न चाहान्छौं । पार्टी परिवारसंगै रहनेछ त्यसकारण परिवारलाई शोकको घडिलाई शक्तिमा बदल्न आग्रह गर्दछौं ।’

नेता सविनले पार्टीको तर्फबाट मृतक किसनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरे ।

शोक श्रद्धाञ्जली एवम दाहसंस्कार कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।