३ आश्विन २०८१, बिहीबार

देशमा भइरहेको महिला हिंसाविरुद्ध अखिल समाजवादीले गर्यो गोरखामा प्रदर्शन  

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) गोरखाले देशका विभिन्न स्थानमा भइरहेको महिला हिंसाका विरुद्ध गोरखा सदरमुकाम हरमटारीमा प्रदर्शन गरेको छ ।

आइतबार अखिल (समाजवादी) का केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष भीषण सीको नेतृत्वमा निर्मला पन्त लगाएत अन्य पीडितहरुको फोटो प्रदर्शन पोस्टर प्रदर्शनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको हो । 

अध्यक्ष भीषण सीको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला समिति, छात्रा विभाग लगाएत दर्जनौं विद्यार्थीहरुको सहभागिता रहेको अखिल समाजवादी गोरखाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता भीषणले अखिल (समाजवादी) सदैव शैक्षिक मुद्दाहरूसहित जनजीविका, नागरिक अधिकार, आम उत्पीडन वर्ग र युवा विद्यार्थीहरुको पक्षमा लड्ने सङ्गठन भएकाले देशमा हुने सबैखाले उत्पीडनको विरुद्ध अनवरत लडिरहने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।