३१ भाद्र २०८१, सोमबार

इमानदार कार्यकर्ता गुमाएर क्षति बेहोरेका छौँ : तिलक सी

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका इमानदार कार्यकर्ता गुमाएर क्षति बेहोरेको जनाएको छ ।
मंगलबार पार्टीका जिल्ला सचिव तिलक सीले श्रद्धाञ्जली वक्तव्य जारी गर्दै पार्टीका जिल्ला सचिवालय सदस्य भिम बहादुर सी (किसन)को दुखद निधनले पार्टीलाई क्षति भएको उल्लेख गरिएको छ ।

श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ – ‘उहाँको मृत्युुले एक इमानदार कार्यकर्ता गुमाएर क्षति बेहोरेको छ । दु:खको यस घडिमा दिवंगत भिम बहादुर सी (क. किसन) प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकसन्तप्त परिवारजन र पार्टी पंक्तिमा गहिरो समवेदना प्रकट गर्दछौं ।’

दाङ घोराही उपमहानगरपालिका १२ हापुर निवासी नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला समितिका सचिवालय सदस्य भीम बहादुर सी किसनको ५९ वर्षको उमेरमा भदौ ३ गते असामयिक दु:खद निधन भएको हो ।

यस्तै नेकपा दाङले मंगलबार नै दिवंगत भिम बहादुर सी (किसन) को स्मृतिमा पार्टीले अवलम्बन गरेको सी संस्कृति अनुसार दोस्रो दिन त्रीरोपण (फलफुल, फुल र जडिबुटी) रोपण गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी, नेकपाका केन्द्रीय सदस्य एवम २ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी, नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङका सचिव तिलक सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यद्वय विकाश सी, हरी सीसहित मृतकका परिवार एवम आफन्तजनको सहभागितामा बिरुवा रोपण गरिएको हो ।

नेकपाको नयाँ सी संस्कृति अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने प्रावधान रहेको छ । जसअनुसर पहिलो दिन मृतकको अन्त्येष्टि गरि श्रद्धाञ्जली कार्यक्रम गर्ने, दोस्रो दिन मृतकको स्मृतिमा फलफुल, फुल र जडिबुटी गरि तीन प्रकारका बोटबिरुवाहरु रोपण गर्ने, तेस्रो दिन मृतकको स्मृतिमा समाजका गरिब, असहाय, अशक्तहरुलाई लत्ताकपडा सहयोग गर्ने, चौथो दिन मृतकको नाममा अक्षयकोष खडा गर्ने र अन्तिममा पाँचौ दिन मृतकको स्मृतिमा शोक सभा गर्ने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।