१० असार २०८२, मंगलवार

इरानमा अमेरिकी साम्राज्यवादले गरेको सैन्य आक्रमणविरुद्ध ११ राजनीतिक पार्टीहरुको संयुक्त वक्तव्य

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा माओवादी केन्द्र, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत) लगायत ११ राजनीतिक पार्टीले इरानमाथि अमेरिकी आक्रमणको विरुद्ध संयुक्त वक्तव्य जारी गरेको छ ।

११ राजनीतिक पार्टीले संयुक्त वक्तव्यमा यसलाई अमेरिकी साम्राज्यवादको उक्साहटमा इरानको राष्ट्रिय स्वतन्त्रतामाथि हस्तक्षेपका रुपमा यो घटनालाई अर्थ्याएका छन् ।

‘यतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ । त्यसबाट इरानको राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लङ्घन गरेको छ’,वक्तव्यमा भनिएको छ, ‘यो स्थितिमा गएराति मात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ । यो गम्भीर युद्ध अपराध हो । यसको हामी निन्दा र भर्त्सना गर्दछौँ ।’

अमेरिकाले विश्वयुद्ध निम्त्याउन खोजेको ११ राजनीतिक पार्टीको ठहर छ । यसले विश्वव्यापी युद्ध आतंकको स्थिति पैदा भएको जनाउँदै वक्तव्यमा अविलम्व युद्ध विराम गरी विश्व शान्ति कायम गर्न माग गरिएको छ ।

त्यस्तै, अमेरिकी कदमको विरोध तथा स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन ११ राजनीतिक पार्टीले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । ‘अमेरिकी र इजरायली आक्रमणको विरोधसहित स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि अबिलम्ब पहल गर्न नेपाल सरकारसँग हामी जोडदार माग गर्दछौँ’, वक्तव्यमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।