२२ भाद्र २०८१, शनिबार

पशु विज्ञान अध्ययनरत विद्यार्थीलाई कृषि बिषयमा परिक्षा दिन लगाउनेहरुलाई कारबाही गर्न माग

0

काठमाडौँ/ सिरहाको रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस अन्तर्गत पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको भन्दै अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले कारबाहीको माग गरेको छ। अखिल (समाजवादी) का महासचिव प्रकाश सीद्वारा बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही र विद्यार्थीलाई न्याय दिन माग गरिएको हो ।

महासचिव प्रकाशद्वारा जारी विज्ञप्तीमा” केन्द्राध्यक्ष लगायत परिक्षामा यो किसिमको कमजोरी गर्ने कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याएर परिक्षार्थीलाई उचित क्षतिपूर्तिसहित यथाशीघ्र सम्बन्धित विषयको परिक्षा दिने वातावरण मिलाउन जोडदार माग गर्दछौं” भनिएको छ ।

त्यस्तै विज्ञप्तीमा विद्यार्थीले आफ्नो जीवनको महत्वपूर्ण समय, ऊर्जा र लगानी खर्चेर गर्न खोजिरहेको भविष्य निर्माणमाथि लापरबाही नगर्न हामी सम्बन्धित सबैलाई सचेत गराउन चाहन्छौं समेत भनिएको छ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।