२ कार्तिक २०८१, शुक्रबार

अखिल (समाजवादी) सुरु गर्यो विद्यार्थीलाई कलेजदेखि होस्टेलसम्म पुगेर भेट्ने अभियान

0

धनुषा – अखिल (समाजवादी) नारायणी प्रदेशले विद्यार्थीलाई कलेजदेखि होस्टेलसम्म पुगेर भेट्ने अभियान सुरु गरेको छ ।
बिहीबार विपी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूसँग भेटघाट गर्दै त्यहाँको समस्याबारे बुझ्दै अभियान सुरुवात गरेको हो ।

अखिल (समाजवादी) नारायणी -मधेस प्रदेशका सह-इन्चार्ज लोकेश सीका अनुसार अभियानका क्रममा विपी बहुप्राविधिक शिक्षालयमा प्लान्ट साइन्स, भेटिनरी, सिभिल ओभर्सियर, इलेक्ट्रिकल ओभरसियर लगायत विषय पढ्ने दुई दर्जन विद्यार्थी अखिल (समाजवादी) मा सङ्गठित भएका छन् ।

अखिल समाजवादीका केन्द्रीय सचिव तथा नारायणी – मधेस प्रदेश इन्चार्ज अटल सी ,सह-इन्चार्ज लोकेश सी, धनुषा जिल्ला इन्चार्ज रमण सी र स्थानीय पार्टीका नेता दिपेन्द्र लगायत नेता अभियानमा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।