६ बैशाख २०८१, बिहीबार

बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर नघटाएसम्म ऋण नतिरौ: सुमनसिंह

0

झापा ,०५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर नघटाएसम्म ऋण नतिर्न र तिनका विरुद्ध गोलवद्व हुन अपिल गरेका छन्,।

नेकपाको केन्द्रीय नीति अनुसार झापा जिल्ला पार्टीको आयोजनामा भएको बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै मेची ब्युरो इन्चार्ज सुमनसिंहले बैंक तथा वित्तीय संस्थाहरूको ऋण तिर्ने तर त्यसको ब्याजदर घटाएपछि मात्रै तिर्ने भन्दै पीडितहरुलाई यसका विरुद्ध सडकमा उत्रन अपिल गर्दै उक्त आन्दोलनको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका हुन्,।

उनले बैंक तथा वित्तीय संस्था, मिटरब्याजिहरुको दबाब, धम्की र चर्को व्याजका कारण धेरैले आत्महत्या गरेको भन्दै आत्महत्याले समस्या समाधान नहुने भएकोले ज्यादतीका विरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले आत्महत्या होइन सचेत बिद्रोह गर्न जनता अग्रसर हुनु पर्ने बताए ।

राज्यसत्ताको दलालिकरण, असफल संसदीय व्यवस्थाका कारण जनतालाई मारमा पारेको र आत्महत्याको बाटोमा पुर्‍याएको भन्दै उनले यसको निकास खोज्नुपर्ने बताए ।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुमनसिंहले भने-“दलालहरुले बैंकबाट सस्तो ब्याजमा ऋण लिएर मिटर व्याजमा लगाएका छन् । कसैले ठगेर भागेका छन् । तिनीहरुलाई खोजीखोजी कारवाही गर्नुपर्छ ।”

प्रदर्शनका क्रममा झापाका बैंक, वित्तीय संस्था तथा मिटरब्याजबाट पीडित १० जनाले आफ्नो गुनासो सहित आक्रोश ब्यक्त गरेका थिए । विर्तामोड स्थित पश्चिम बस स्टेशनबाट शुरु भएको विरोध प्रदर्शनमा पीडित व्यक्ति तथा किसान, पार्टीका नेताकार्यकर्ताले हलोजुवा सहित विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार सदस्य होम खतिवडा , पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रशान्त सी लगायतका जिल्ला नेताहरूको आतिथ्यता रहेको थियोे भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव सञ्जय सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।