१३ बैशाख २०८१, बिहीबार

नेकपा स्याङजाद्वारा लघुवित्तको विरोधमा कालो ब्यानर प्रदर्शन, लघुवित्तले ट्रचर गरे खबर गर्न अपिल

0

नेपाल कम्युनिष्ट पार्टी स्याङजा जिल्ला कमिटिले बैकंहरुको चर्को व्याजदर, लघुबित्त र मिटर व्याजका विरुद्द विरोध प्रदर्शन गरेको छ ।
पार्टी केन्द्रीय कार्यक्रम अनुसार विरोध कार्यक्रम गरिएको हो । नेकपाले कालो ब्यानरसहित प्रदर्शन गरी वालिङ, गल्याङ र स्याङ्जामा ब्यानर टाँगेको हो ।
स्याङजाका गाउँगाउँमा पुगेर सस्तो ब्याजमा रिन दिने नाममा जनताहरुलाई ठग्ने केही लघुबित्तहरुको गुनासो आएको भन्दै गुनासोको आधारमा लघुबित्तहरुलाई ज्ञापनपत्र देखि अन्य संघर्षका कार्यक्रमहरु समेत तय गरिएको नेकपा स्रोतले बताएको छ ।
स्याङजामा आधिखोला लघुबित्त, सुर्यादय लघुवित्त, मुक्तिनाथ लघुबित्त,नेष्टो नेपाल लगायतका लघुबित्तहरु सक्रिय छन् ।
समुह बनाएर अनावश्यक ऋण प्रवाह गर्ने र २१ देखि २९ प्रतिशतसम्म ब्याज असुली गरेको गुनासो नेकपामा परेको छ ।
नेकपाले अनावश्यक ब्याज असुली गर्ने बैंक तथा लघुवित्तका विरुद्ध संघर्षमा आउन सबैलाई आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।