१३ बैशाख २०८१, बिहीबार

गाउँमा लघुवित्त र शहरमा मिटर ब्याजले नागरिकलाई सास्ती : रणदिप

0

बाके/नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा बाके जिल्ला इन्चार्ज रणदिप सीले गाउँमा बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजको शोषण र शहरमा अबैध मिटर ब्याजका कारण नागरिकहरु आक्रान्त र सास्तीमा परेको बताएका छन।

शुक्रबार नेपालगन्जको धम्बुजी चोकमा आयोजित कोणसभा लाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन।

नेपाल कम्युनिस्ट पार्टीद्वारा आज देशव्यापी प्रदर्शनको कार्यक्रम अन्तर्गत नेपालगंन्ज बिपी चोकबाट -याली शुरु भै धम्बोजी चोकमा कोणसभा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य रणदिपले यसको समाधान ब्यक्ति फेरेर होइन , ब्यबस्थामा खोज्नु पर्छ, यसका लागि बैज्ञानिक समाजवाद अनिबार्य भएको धारणा समेत राखेका छन।

प्रदर्शन पछि भएको कोणसभा कार्यक्रमको संचालन डिल्ली क्षेत्रीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।