२४ बैशाख २०८१, सोमबार

मिटर व्याजी विरुद्ध कार्वाही गर्ने नेकपा कालिकोटको चेतावनी

0

५ फागुन,बाँके । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले वैङ्क तथा वित्तिय संस्थाहरुको चर्को व्याजदर र मिटर व्याजी विरुद्ध शुक्रवार मान्ममा विरोध प्रदर्शन गरेको छ । नेकपाले जिरोपोइन्ट देखि सुरु गरेको विरोध र्याली प्रतिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध र्यालीमा मिटर व्याजी विरुद्ध कार्वाही गरौं, वैङ्क तथा वित्तिय संस्थाको चर्को व्याजदर वन्द गरौं, भ्रष्टाचारीहरुलाई कार्वाही गरौं,एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद ! लगायतका नाराहरु लगाईएका थिए ।

विरोध र्याली पछिको कोणसभालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका संयोजक विराटले सम्वोधन गर्दै वैङ्क, वित्तिय संस्थाको चर्को व्याज र मिटर व्याजीको गलग क्रियाकलाप विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले जस्तोसुकै आन्दोलन गर्न तयार भएको चेतावनी दिनु भयो । उहाँले मिटर व्याजीहरुलाई प्रहरी प्रशासनले कार्वाही नगरे नेकपाले कार्वाही गर्ने चेतावनी दिनु भयो ।

नेता विराटले मिटर व्याजीको चर्को शोषण विरुद्ध सवैलाई विद्रोहमा उत्रिन आहवान गर्नु भयो । नेकपा केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्यूरो इन्चार्ज विवेकले दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको वताउनु भयो । उहाँले नेकपा समाजिक अपराधि तथा जनतालाई आत्महत्या गर्ने सम्म पुर्याउने दलालहरु विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिनु भयो ।

नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवानले नेपाल कम्युनिष्ट पार्टी भनेकोे सामाजिक रुपमा जनतालाई शोषण गर्ने विरुद्ध कडा संघर्ष गर्ने पार्टी भएको भयो ।

उहाँले दलाल संसदीय व्यवस्था विरुद्ध नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सवै देशभक्त,क्रान्तिकारी शक्तिहरु एक हुनुपर्ने वताउनु भयो । कोणसभाको संचालन नेकपा जिल्ला सेक्रेटरी शाहसीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।