१२ बैशाख २०८१, बुधबार

मिटर ब्याजीहरुलाई जनकार्बाहि गर्छौं : नेता प्रयास

0

फागुन ५ , उदयपुर। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रयास सीले वित्तीय क्षेत्रको चर्को शोषण विरुद्ध संघर्षको नेतृत्व अब नेकपाले गर्ने बताउनुभएको छ ।

आज नेकपा उदयपुर जिल्ला समितीको आयोजनामा आयोजित चर्को बैंक ब्याजदर , लघुबित्त संस्थाको ज्यादती र मिटरव्याजका विरुद्ध आयोजित बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले जनतामार बितिय संस्थाले बेलैमा नसच्चिय कडा संघर्ष गर्ने वताउनुभएको छ।

साथै नेपाल कम्युनिस्ट पार्टीका उदयपुर जिल्ला ईन्चार्ज अमृत सी ले‘ बैंकको चर्को ब्याजले राष्ट्रिय उधमी ,व्यवसायीहरु पीडित भएका छन् । तराईमा लघुबित्त संस्थाहरुले लुटपाट मच्चाइरहेका छन् । दिनानुदिन लघुबित्तका कारणले नगरिकहरु आत्महत्या गर्न बाध्य भएका छन् । मिटरव्याजका कारणले जनताहरु मर्न बाध्य पारिएका छन् । राज्यले सबै बित्तीय क्षेत्रको लुटपाटको संरक्षण गरिरहेको छ तर अब नेकपाले वित्तीय क्षेत्रको चर्को शोषण विरुद्ध संघर्षको नेतृत्व गर्ने बताएका छ्न ।

मन्तव्यको क्रममा उनले- हाम्रो पार्टीले अब वित्तीय क्षेत्रमा लुटपाट मच्चाउने फटाहाहरुलाई कारवाही गर्ने बताउदै सबैलाई साथ दिन अनुरोध गरेका छ्न।

त्यस्तै बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी ) का महासचिव ललित सी ले नेपालमा यो दलाल पुजीवादी व्यवस्थाको अन्त्य नभएसम्म जनताले दुख पाउने कुरा बताउदै बैंकको ज्यादतीको विरुद्ध सबैलाई साथ दिन अनुरोध गरे।

महासचिव ललित सी ले वैज्ञानिक समाजवादले मात्रै देशका सबैखाले समस्याको समाधान दिने कुरा बताउदै सबैलाई साथ दिन अनुरोध गरेका छन भने बिरोध सभाको संचालन शिक्षक संगठनका केन्द्रीय सदस्य युबराज सी ले गरेक थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।