७ बैशाख २०८१, शुक्रबार

वित्तीय संस्थाहरुले मानवअधिकार बिरोधी काम गरे: जागृती सी

0

प्युठान /नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज जागृती सीले बित्तीय संस्थाहरुले गाउँ गाउँमा गई साेझासाझा महिलाहरु लाई विभिन्न प्रलाेभन देखाउदै ऋण दिने र तिर्न नसके वेइज्जत गर्ने र घर जग्गा कब्जा गरी सडकमा पुर्याउने जस्ता मानव अधिकार विराेघी हर्कत गरिरहेकाे आरोप लगाएका छन।

नेकपा प्युठानकाे याेजनामा माण्डवीकाे चकचकेमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा नेता जागृतीले यस्तो बताएका हुन।

सम्बोधनको क्रममा उनले अहिले वैंककाे चर्काे ब्याजले राष्ट्रिय उध्योग- व्यवसायीहरुलाई धरासायी बनाएकाे समेत बताए ।
त्यस्तै कार्यक्रममा नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य चिन्तामणी सी , नेकपा प्युठानका सचिवालय सदस्य तथा माण्डवी गाऊ कमिटि इन्चार्ज तथा वडा नं.१ का वडा अध्यक्ष बाम बहादुर सीले पनि सम्बाेधन गरेका थिए ।

उनिहरुले वैंककाे चर्काे ब्याज , लघुवित्तकाे उत्पिडन र मिटरब्याजेहरुकाे अवैध धन्दाकाे विरुद्व एक ढिक्का बनेर आन्दाेलित हुन आम नागरिकलाई अनुराेध गरेका थिए भने विराेध प्रदर्शन कार्यक्रमकाे सन्चालन जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य राजेन्द्र सीले गरेकाे नेकपा प्यूठानले बताएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।