१३ बैशाख २०८१, बिहीबार

चर्को ब्याजले नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो:विवेक सी

0

दैलेख /नेपाल कम्युनिस्ट पार्टी ,दैलेखले केन्द्रीय याेजना अनुसाार आज बैंक तथा लघुवितकाे चर्काे व्याज विरुद्ध चामुन्डा विन्द्रासैनी नगर पालिका जम्फुकाँध बजारमा विराेध प्रदर्शन कार्यक्रम गरेकाे छ।

बैंक तथा लघुवित्तकाे चर्काे व्याज खारेज गर,व्याजदर १ अङक कायम गर,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,
एकीकृत जनक्रान्ति जिन्दावाद,वैज्ञानिक समाजवाद-जिन्दावाद लगायतका नारा सहित बिरोध प्रदर्शन जम्फुकाँध वजारबाटट लँयाटी विन्द्रासैनी वजारमा पुगेर काेणसभामा परिणत भएकाे थियाे।

काेणसभालाई नेकपा केन्द्रीय सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज कमरेड विवेक सी ले सम्वाेधन गर्दै विवेक सीले लघुवित्तले गाउँ गाँउमा समूह वनाएर गरिब नागरिकबाट चर्काे व्याज,जरिवाना र सेवाशुल्क लिएकाे कुरा वताउनु भयाे।

नागरिकलाई उठिवास गर्ने,नागरिककाे लालपुर्जा कव्जा गर्ने,आत्महत्या गर्न वाध्य बनाउने क्रियाकलापहरु नराेके गाउँ गाउँबाट लखेट्ने चेतावनी दिनु भयाे।

आफ्नाे पार्टीले याे व्यवस्था परिवर्तन गर्न निरन्तर सँघर्ष गरेकाे उल्लेख गर्दै देशका उधाेगी,व्यापारी,व्यवसायीहरुलाई पनि याे व्यवस्थाले अन्याय गरेकाले सवै एकजुट भएर व्यवस्था परिवर्तनमा सहयाेग गर्न अपिल गर्नु भयाे।

काेणसभाकाे सञ्चालन नेकपा जिल्ला सेक्रेटरी कमरेड प्रकाश सी ले गर्नु भएकाे थियाे।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।