८ बैशाख २०८१, शनिबार

बैंक तथा वित्तीय संस्थाले ब्याजदर नघटाए ऋण नतिर्न नेकपा इलामको आग्रह

0

इलाम: बैंक तथा वित्तीय संघ/संस्थाहरुको महङ्गो ब्याजदर र मिटर ब्याजको कारण नेपाली जनता आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै बैंक वित्तीय संस्था तथा मिटरब्याजिहरुका विरुद्ध नेकपा इलामले विरोध प्रदर्शन गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर तथा मिटरब्याजी विरुद्ध पार्टीको केन्द्रीय नीति अनुसार आज इलाम सहित पुर्वका विभिन्न जिल्लामा प्रदर्शन भएका छन् ।

इलाममा भएको उक्त विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्ज मौसम सीले बैंक तथा वित्तीय संस्था र मिटरब्याजिहरुका विरुद्ध जस्तोसुकै संघर्ष र त्यसको नेतृत्व गर्न पार्टी तयार रहेको भन्दै सबै पीडितलाई आन्दोलनमा एक्यवद्धता जनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यापारीलाई राहत दे, मिटरव्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर, पीडित जनताको ब्याज मिनाहा गर, एक अङ्कको ब्याजदर लागू गर, दलाल पूंजीवादी व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।