३ आश्विन २०८१, बिहीबार

ठगी धन्दामा माओवादी नेताको संलग्नता, उजाडियो मकवानपुरे कार्की परिवार

0

श्रवण–शक्ति कमजोर भएका पुजन कार्कीलाई ललाई फकाई गरेर, किर्ते कागजात, झुटो व्यवसायीक प्रगति विवरण बनाएर नेकपा (माओवादी केन्द्र) मकवानपुरका नेता तथा सांसद ‘छिन्तु’ भन्ने प्रेमबहादुर पुलामीसमेतको ठगी गर्ने गिरोहले शान्ति कुमारी कार्की तथा कार्की परिवारबाट ७ करोड भन्दा बढी ठगी गरेको छ ।

हेटौंडा–६, मकवानपुरकी पीडित शान्ति कुमारी कार्कीले असार ८ गते विप्लव नेतृत्वको नेकपा, मकवानपुरलाई उजुरी गरेपछि सो ठगी धन्दा सार्वजनिक भएको हो ।  २०७८ मा डि हुईल्स नामको विद्युतीय पसलमा जागिर खाएका पुजन कार्कीलाई ठूलो व्यवसाय र निकै नाफामा चलेको नक्कली विवरण बनाएर ललाई फकाई पटक–पटक गरी ७ करोड भन्दा बढीको घर–जग्गा धितोमा राखेको र बैंकबाट प्राप्त ऋण अन्यत्र लगानी गरेर ठगेको पीडितको दाबि छ ।

यसरी ठग्नेमा डि हुईल्सका मालिक काठमाडाैँ महानगर पालिका–२८ बस्ने प्रकाश राजबाहक, कालिका गाउँपालिका ३ (साविक धैबुङ ४) रसुवाका गोविन्द सारु मगर, कामनपा–२८ बस्ने (प्रकाश राजवाहककी पत्नी) सवि स्याङ्‌तान, कालिका गाउँपालिका –३ रसुवाका गणेश विश्वकर्मा लगायत रहेका छन् । पीडितले बैंक धरौटीको रकम माग्दा ठग निजहरूले नेता छिन्तु भन्ने प्रेमबहादुर पुलामी र निजकी पत्नी प्रमिला पुलामीसमेत साक्षी बसी रकम फिर्ता गर्ने सहमति भै लिखितम् समेत भएको देखिन्छ । तर ठगहरूले दिएको चेक बाउन्स भएको छ। साक्षी बसेका नेता छिन्तु भन्ने प्रेमबहादुर पुलामीले आफूले हस्ताक्षर नगरी श्रीमतीलाई मात्र हस्ताक्षर गराएका छन् ।

सांसदसमेत रहेका छिन्तुको जमानीमा सो कारोबार भएको देखिएकोले निजको संलग्नता अस्विकार गर्न मिल्दैन । त्यसैगरी कुमारी बैंक, हेटौडा शाखाले अभिभावकको उपस्थिति विना नै कारोबार गरेको र हाल जग्गा लिलामी गर्नेबारे, पटक–पटक सूचना जारी गरेकोले ठगी धन्दामा बैकको पनि मिलेमतो देखिन्छ । पीडित शान्ति कार्कीले २०७९ चैतमा सो–सम्बन्धि उजुरी नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय पेरिश डाँडामा दर्ता गरेको र सो पत्र २०८० साउन १६ गते ५ नम्बरमा दर्ता भएको देखिन्छ । ठगी सूचनामा सार्वजनिक गरेमा ज्यान मार्ने धम्की निज छिन्तु भन्ने प्रेगबहादुर पुलामीले दिएको कारण पीडित वडा प्रहरी कार्यालयमा आफू र परिवारको ज्यान खतरामा रहेको उजुरी पनि दिएकी छन् ।

प्रेमबहादुर पुलामी सहितका ठगहरूको कारण पीडितहरुको उठिबास भएको छ र आत्महत्या गर्नुपर्ने अवस्था आएको पीडित शान्ति कार्कीले जनपत्रिकालाई बताईन् । यदि त्यस्तो कुनै दुर्घटना भएमा निज छिन्नु आत्महत्या दुरुत्साहन मुझमा फस्नेछन् । नेकपा, मकवानपुरले सो मुद्धा अध्ययन गरिरहेको बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।