३१ भाद्र २०८१, सोमबार

दाङमा नेकपाका नेताकार्यकर्ताद्वारा पार्टीका जिल्ला नेता भरत सीको धान रोपाइँमा श्रमदान

0

हेमन्त प्रकाश वली ।
दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङका नेताकार्यकर्ताहरुले पार्टीका जिल्ला नेता भरत सीको धान रोपाइँमा श्रमदान गरेका छन् ।
शनिबार पार्टीका जिल्ला कमिटी सदस्य भरत सीको तुलसीपुर पर्सेनी स्थित करिव ८ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा धान रोपाइँमा पार्टीका नेताकार्यकर्ताहरुले श्रमदान गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज विकास सी सहितको टोलिले पार्टीका जिल्ला नेता भरत सीको धान रोपाइँमा श्रमदान गरेका हुन् ।

धान रोपाइँमा पार्टीका दाङ जिल्ला कार्यालय सदस्य रुद्र सी, पार्टीकी दंगिशरण गाउँकमिटी इन्चार्ज जिवनी सी, अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकृति सी, अ.ने.म.संघ क्रान्तिकारी तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष धना सी लगाएत तुलसीपुर क्षेत्रका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपाले यतिबेला देशव्यापी आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देशको अवधारणा सहित कृषि उत्पादनको कार्यलाई निरन्तर अगाडि बढाएको छ ।

उत्पादनका लागि भनेर नेकपाले असार १० गतेदेखि पार्टीका राजनीतिक कामकाजलाई थाँती राखेर असार मसान्तसम्म बिदा समेत दिने गरेको सो पार्टीले जानकारी दिएको छ ।

यता नेकपा दाङले यो वर्ष करिव १३ बिघा जमिनमा सामुहिक उत्पादन गर्ने जनाएको छ ।

जिल्लाका देउखुरी , घोराही र तुलसीपुरलाई तीन वटा उत्पादन केन्द्रमा विभाजन गरि उत्पादन कार्यलाई व्यवस्थित गरिएको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।