३ जेष्ठ २०८१, बिहीबार

प्रतिनिधि समिति सदस्य जीवनको निधनप्रति महासचिव विप्लवद्वारा दुःख व्यक्त

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका राष्ट्रिय प्रतिनिधि समिति सदस्य तथा खोटाङका पूर्वजिल्ला इन्चार्ज जीवन राईको निधनप्रति नेकपा महासचिव विप्लवले दुःख व्यक्त गरेका छन् । मंगलबार एक शोक वक्तव्य जारी गर्दैले विप्लवले दुःख व्यक्त गरेका हुन् ।

राईको यही फागुन २१ गते निधन भएको थियो । ‘कमरेड जीवन राईको फागुन २१ गते भएको निधनप्रति हाम्रो पार्टी दुःखित भएको छ ।’, विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘लामो समयदेखि आन्द्राको क्षयरोगको उपचार गराईरहनु भएका उहाँको निधनले पार्टीलाई ठूलो क्षति भएको छ । यस दुःखको घडीमा मृतकप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति सहानुभूति प्रकट गर्दछौं ।’

राई बुवा मानवहादुर राई र आमा नौरत्न राईको कोखबाट २०१९ माघ १० गते खोटाङमा जन्मिएका थिए । उनी शिक्षक संगठन नेपाल, खोटाङ जिल्ला संयोजक, पार्टीको जिल्ला सेक्रेटरी, इन्चार्ज हुँदै अहिले राष्ट्रिय प्रतिनिधि समिति सदस्य बनेका थिए । उनका एक छोरी र एक छोरा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।