२३ भाद्र २०८१, आईतवार

खोटाङ जिल्ला सेक्रेटरी सुदिपका बुवाको निधनप्रति महासचिव विप्लवद्वारा दुःख व्यक्त

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज सुदिप सीका बु्वाको निधनप्रति दुःख व्यक्त गरेको छ । बुधबार शोक वक्तव्य जारी गर्दै नेकपाले बुवा बागदल खत्रीको निधनप्रति दुःख व्यक्त गरेको हो ।

महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यमा केन्द्रीय प्रतिनिधि समिति सदस्य सुदिप सीका बुवा बागदल खत्रीको यही जेठ ७ गते साँझ ६ बजे भएको निधनले दुःखी बनाएको उल्लेख छ । ‘लुवाचुङ नगरपालिका २, डिकुवा गाउँ खोटाङमा वि.स २००० साल पुस ६ गते जन्मिनु भएका उहाँको ८१ बर्षको उमेरमा घरमै भएको निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।’ शोक वक्तव्यमा भनिएको छ, ‘दुःखको घडीमा मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै क. सुदिप र उहाँको परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।