३१ भाद्र २०८१, सोमबार

अब यो देशको नेतृत्व विप्लवले गर्नुपर्छ : शिलु सी 

तनहुँ जिल्लाको बैठक सम्पन्न 

0

गण्डकी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी इन्चार्ज शिलु सीले अब देशको नेतृत्व विप्लवले गर्नुपर्ने बताएकी छन् । उनले नेकपाले अरुको आलोचना मात्रै गरेर बस्ने हैन भन्दै अब अरुले गर्देलान् भनेर हेरेर नबस्ने र त्यसको नेतृत्व नेकपाले लिने बताएकी हुन् । 

तनहुँ जिल्लाको जिल्ला बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता शिलुले साम्राज्यवादी हस्तक्षेपको रुपमा एमसीसी तनहुँको धेरै ठाउँमा छिरेको भन्दै एमसीसीलाई जनस्तरबाटै लखेट्नुपर्ने समेत बताइन् । नेता शिलुले अहिलेको संसदीय रडाको कस्ले धेरै भ्रष्टाचार गर्ने र सत्तामा जानेमात्रै रहेको भन्दै दलाल पुजिवादी व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवाद नेकपाले अगाडि सारेको समेत उल्लेख गरिन् । यस्तै कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज निशान सीले तनहुँ जिल्लाका  मुद्दाहरुलाई हल गर्न नेकपा सक्षम रहेको बताउदै जनतामाथि हुने अन्याय,  अत्याचार र शोषणका विरुद्ध पार्टी एकजुट भएर लड्ने बताए । उनले पार्टीले पछिल्लो समय लिएको उत्पादन र जनतासँग जोडिने कुराले जनतामा सकारात्मक भाव पैदा भएको भन्दै एमसीसी लगायतका सङ्घर्षलाई चर्काउन जनताले साथ दिन आव्हानसमेत गरे । जिल्ला सेक्रेटरी प्रयास सीको अध्यक्षतामा सम्पन्न बैठकमा मनाङ सेक्रेटरी विजय सी,  प्रतिनिधि समिति सदस्य एटम सी लगायतको उपस्थिति रहेको थियो । 

प्रथम जिल्ला बैठकले तनहुँका विभिन्न पालिकाको जिम्मेवारीसमेत तोकेको छ । ब्यास नगरपालिकाको इन्चार्ज सङ्घर्ष सी रहनेछन् भने सेक्रेटरी विशाल सी रहनेछन् । 

 भिमाद नगरपालिकामा इन्चार्ज बाबुराम सी,  सेक्रेटरी अमृत सी रहनेछ्न,  शुक्लागण्डकी को  सेक्रेटरी सागर सी ,  

 म्याग्दी गाउपालिकाको इन्चार्ज करण सी छ्न भने सेक्रेटरी कृती सी छ्न । यस्तै घिरिङ गाउपालिकाको इन्चार्ज प्रविन सी रहनेछ्न भने भानु नगरपालिकाको इन्चार्ज विवेक सी र प्रताप सी सेक्रेटरी हुनेछ्न । बन्दीपूरमा पर्वत सी इन्चार्ज,  करुणा सी सेक्रेटरी निर्वाचित भएका छ्न भने आबूखैरेनी गाउपालिकामा गणेस सी इन्चार्ज,  लक्ष्यमण सी सेक्रेटरी त्यस्तै रिसिङ गाउपालिकामा नारायण सी इन्चार्ज,  रोशन सी सेक्रेटरी रहने  छ्न भने देवघाट जिल्ला कार्यालय हेर्ने निर्णय बैठकले गरेको जिल्ला सेक्रेटरी प्रयास सीले जानकारी दिनुभयो । बैठकले कागती र धान उत्पादन गर्ने निर्णय समेत गरेको छ भने १९ गते पार्टी स्दस्य स्तरको प्रशिक्षण समेत गर्ने निर्णय गरेको छ । यस्द्दयस्तै नेकपा तनहुले बेपत्ता योद्दा स्मरण  दिवसको अवसरमा जेष्ठ ७ गते जिल्ला प्रशासन कार्यालय अगाडी बेपत्ता योद्दाहरुको अबस्था सार्वजनिक गर्न भन्दै प्रदर्शन समेत गरेको थियो । 

गण्डकी प्रदेशमा सबैभन्दा धेरै एमसीसीबाट प्रभावित तनहुँ जिल्लामा ५ वटा स्थानिय तहहरु प्रभावित छ्न । आबूखैरेनी नगरपालिका,  बन्दीपूर नगरपालिका,  ब्यास नगरपालिका,  रिसिङ गाउपालिका र घिरिङ गाउपालिकामा जनताको साथ लिदै आगामी असार ५ गते एमसीसी विरुद्ध कार्यक्रम समेत गर्ने निर्णय बैठकले गरेको छ ।  

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।