२१ बैशाख २०८१, शुक्रबार

गणेश सीका बुवा पूर्ण बहादुर ओलीको निधनप्रति नेकपा महासचिव विप्लवद्वारा दुःख व्यक्त

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य गणेश सीका बुवा पूर्ण बहादुर ओलीको निधनप्रति नेकपा महासचिव विप्लवले दुःख व्यक्त गरेका छन् ।

महासचिव विप्लव सीले आज शाेक वक्तव्य जारी गरि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य सल्यान जिल्ला बागचौर नगरपालिका कोटवाडा नाउला निवासी गणेश सीका बुवा पूर्ण बहादुर ओलीको ६५ वर्षको उमेरमा भएको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।
यस दु:खद घडीमा मृतक बुवा पूर्ण बहादुर ओलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बुवा गुमाएर पीडाबोध गरिरहनु भएका गणेश लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आइसीयु कक्षमा उपचार गर्दागर्दै पुसकाे २६ गते उहाँको निधन भएको हो ।
सल्यानबाट ढिलो गरि प्राप्त समाचार अनुसार उहाँका २ छाेरा र २ छाेरी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।