१५ बैशाख २०८१, शनिबार

अखिल (क्रान्तिकारी) काठमाडौँको नगर कमिटी घोषणा तथा पिकनिक कार्यक्रम सम्पन्न

0

 

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाद्वारा आयोजना गरिएको पिकनिक तथा नगर कमिटी घोषणा कार्यक्रम काभ्रेको पिकनिक स्थलमा सम्पन्न भएको छ ।
उक्त पिकनिक कार्यक्रममा काठमाडौँ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यार्थी संगठनका नेता, पार्टी नेताहरु सहभागी थिए ।
नगर कमिटी घोषणा कार्यक्रमको संचालन लोकेश सीले गरेका थिए भने कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य एवम् विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सीले विद्यार्थी सचेत वर्ग भएकाले खराबीका विरुद्ध डटेर लड्न अपिल गर्दै देशलाई राम्रो बनाउन युवा विद्यार्थीहरु लाग्नु पर्ने बताइन् । दलाल संसदीय व्यवस्थाबाट आमूल रुपान्तरण सम्भव नहुने भएकाले र समाजवादी राज्य व्यवस्थाबाट मात्र आमूल रुपान्तरण सम्भव रहेकाले समाजवाद प्राप्तिको आन्दोलनमा विद्यार्थीहरु एक भएर लाग्नु पर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का संयोजक प्रकाश सीले विद्यार्थीहरुको पक्षमा अहोरात्र लड्ने एक मात्र संगठन अखिल (क्रान्तिकारी) मात्र भएकाले सबै विद्यार्थीहरु यो संगठनमा गोलबद्ध हुन अपिल गरे । नेपालको शिक्षा प्रणाली अव्यवहारिक, अवैज्ञानिक विभेदकारी रहेकाले यो प्रणालीलाई खारेज गरेर समाजवादी शिक्षा प्रणाली ल्याउन सबै लाग्नु पर्ने बताए । समाजवादी शिक्षा प्रणालीबाट मात्र शिक्षा क्षेत्रमा देखिएका तमाम समस्याहरु हल हुने उनको भनाइ थियो ।
नगर कमिटीको घोषणा संगठनका निवर्तमान महासचिव ललित सीले गरेका थिए ।

५ वटा नगर कमिटी घोषणा यसप्रकार छ-
काठमाडौँमा तिलक तामाङको संयोजकत्वमा २७ सदस्यीय,
टोखा नगरपालिकामा प्रकाश रोकायको संयोजकत्वमा २७ सदस्यीय,
कागेश्वरी मनोहरामा आयुस खतिवडाको संयोजकत्वमा १९ सदस्यीय,
कीर्तिपुरमा विवेक चौलागाईंको संयोजकत्वमा १५ सदस्यीय,
तारकेश्वरमा फुलमाया शर्माको संयोजकत्वमा २७ सदस्यीय कमिटी घोषणा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।