१५ बैशाख २०८१, शनिबार

ताराकान्त पाण्डे लगायत सवारी दुर्घटनामा परि मृत्यु हुनेको सम्झनामा दिप प्रज्वलन

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले प्राध्यापक डाक्टर ताराकान्त पाण्डे लगायत देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परि मृत्यु हुने मृतकको सम्झनामा दिप प्रज्वलन गरेको छ ।

२४ घण्टाको बिचमा काठमाडौँसहित दाङ, बागलुङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए । उक्त ज्यान गुमाउने मृतकहरुको सम्झनामा नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्यरोले मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरेको हो ।

दिप प्रज्वलन कार्यक्रमको संचालन गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय महासचिव कुशल सीले डा. ताराकान्त पाण्डेको माक्र्सवादी साहित्य क्षेत्रमा गर्नु भएकाे योगदानको चर्चा गर्दै सांस्कृतिक तथा कला साहित्यमा अपुरणीय क्षेति भएको धारणा राखे ।

दिप प्रज्वलन कार्यक्रमलाई नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले सम्बोधन गर्दै सवारी दुर्घटनामा मृत्यु हुने आकस्मिक दुर्घटनाबाट राज्यले पाठ सिक्दै फेरि यस्ता दुर्घटना घट्न नदिन राज्य गम्भीर हुनुपर्नेमा मुखदर्शक भएर रमिते हुनुले नागरिकहरु अकालमा ज्यान गुमाउनु परेकोमा चिन्ता गरे । यस्ता घटनाबाट पाठ सिक्दै यस्ता घटना हुन नदिन सबै सचेत हुनु पर्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।