२७ बैशाख २०८१, बिहीबार

इच्छुक सांस्कृतिक प्रतिष्ठानका पूर्वअध्यक्ष ताराकान्त पाण्डेयको निधन

0

काठमाडौं – इच्छुक सांस्कृतिक प्रतिष्ठानका पूर्वअध्यक्ष ताराकान्त पाण्डेयको निधन भएको छ । समालोचक, वामपन्थी चिन्तक तथा प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको भालुबाङमा भएको बस दुर्घटनामा निधन भएको हो ।

गएराती नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो । उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य छन् । पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको हो ।

२०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सकृय थिए । उनका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित थिए ।

उनले ‘आलोचना’, कलम’ जस्ता साहित्यिक पत्रिकासमेत सम्पादन गरेका थिए । उनले विसं २०५७ सालको पारिजात सिर्जन पुरस्कार पाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।