२७ बैशाख २०८१, बिहीबार

भालुबाङमा भएको बस दुर्घटनाप्रति नेकपा बाँकेद्वारा दु:ख व्यक्त

0

काठमाडौं: दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खसेर भयानक दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी बाँकेले दु:ख व्यक्त गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरोका इन्चार्ज रणदिप सी र सेक्रेटरी कल्पना सीले शाेक वक्तव्य जारी गरि उक्त बस दुर्घटनाले आफ्नाे पार्टीलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।
दुर्घटनामा मृत्यु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै प्रेस विज्ञप्तिमा दुर्घटनामा परि घाइते भएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

दुर्घटना न्युनीकरणका लागि पहल गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचारका लागि वक्तव्यमा जाेडदार माग गरिएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइतेहरुकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।