२२ बैशाख २०८१, शनिबार

भालुबाङ राप्ती नदीमा भएको बस दुर्घटनाप्रति नेकपाद्वारा दु:ख व्यक्त

0

काठमाडौं: दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खसेर भयानक दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीले दु:ख व्यक्त गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरोका इन्चार्ज सञ्जीव सीले प्रेस वक्तव्य जारी गरि उक्त बस दुर्घटनाले आफ्नाे पार्टीलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।बसमा सवाररत ३५ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइतेहरुकाे विभिन्न अस्पताल तथा स्वास्थ केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटनाका क्रममा मृत्यु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरिएको छ । साथै प्रेस विज्ञप्तिमा दुर्घटनामा परि विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा उपचाररत घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।