५ जेष्ठ २०८१, शनिबार

ताराकान्त पाण्डेयको निधनप्रति नेकपा महासचिव विप्लवद्वारा दुःख व्यक्त

0

काठमाडौं – इच्छुक सांस्कृतिक प्रतिष्ठानका पूर्वअध्यक्ष ताराकान्त पाण्डेयको निधनप्रति नेकपा महासचिव विप्लव सीले दुःख व्यक्त गरेका छन् । शनिबार शोक बक्तव्य जारी गर्दै विप्लव उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

समालोचक, वामपन्थी चिन्तक तथा प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको भालुबाङमा भएको बस दुर्घटनामा निधन भएको थियो । गएराती नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो ।

‘समालोचक, वामपन्थी चिन्तक तथा प्राध्यापक डाक्टर क. ताराकान्त पाण्डेयको यही पुस २७ गते राति नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङ बस दुर्घटनामा परि भएको निधनले हामीलाई दुःखी बनाएको छ ।’ वक्तव्यमा भनिएको छ, ‘२०१७ असोज ८ गते रुपन्देहीमा जन्मिनुभएका पाण्डेय २०३६ सालदेखि नेपाली साहित्य र कम्युनिस्ट आन्दोलनमा निरन्तर सकृय हुनुहुन्थ्यो । उहाँको निधनले कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुगेको छ ।’

उनको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा सहानुभूति प्रकट गरेका छन् । ‘यो दुःखद घडीमा हाम्रो पार्टी मृतक क. ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति सहानुभूति प्रकट गर्दछ ।’ शोक बक्तव्यमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।