१५ बैशाख २०८१, शनिबार

प्रगतिवादी साहित्यकार ताराकान्तकाे निधनप्रति अखिल नेपाल जनसांस्कृतिक महासंघद्वारा दु:ख व्यक्त

0

काठमाडौं: समालोचक, वामपन्थी चिन्तक तथा प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको यही पुस २७ गते राति नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङ बस दुर्घटनामा परि भएको निधनप्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले दु:ख व्यक्त गरेको छ ।

महासङ्घका अध्यक्ष माइला सी र महासचिव कुशल सीले शाेक वक्तव्य जारी गरि उक्त बस दुर्घटनामा परि मृत्यु हुनभएका प्राध्यापक डा.ताराकान्त पाण्डेको निधनले माक्र्सवादी  सांस्कृतिक तथा साहित्य क्षेत्रमा अपुरणीय क्षेति भएको भन्दै  उहाँको निधनप्रति दु:ख व्यक्त गरेका छन् । 

यस दुःखद घडीमा मृतक ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
शाेक वक्तव्यमा भनिएको छ, २०१७ असोज ८ गते रुपन्देहीमा जन्मिनुभएका पाण्डेय २०३६ सालदेखि नेपाली साहित्य र कम्युनिस्ट आन्दोलनमा निरन्तर सकृय हुनुहुन्थ्यो । उहाँको निधनले प्रगतिवादी साहित्य आन्दोलनमा ठूलो क्षति पुगेको छ ।’
साथै ‘यो दुःखद घडीमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समिति मृतक क. ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’ उहाँको निधनले हामीलाई दुःखी बनाएको छ ।
२०१७ असोज ८ गते रुपन्देहीमा जन्मिनुभएका पाण्डेय २०३६ सालदेखि नेपाली साहित्य र कम्युनिस्ट आन्दोलनमा निरन्तर सकृय हुनुहुन्थ्यो । उहाँको निधनले प्रगतिवादी साहित्य आन्दोलनमा ठूलो क्षति पुगेको छ ।
यो दुःखद घडीमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समिति मृतक क. ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’

उनका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित छन् ।

साथै पाण्डेल माक्सवादी साहित्य क्षेत्रमा उनले लेखेको भुमपकाको चर्चा पनि गरिएको छ ।
उनका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।