२८ बैशाख २०८१, शुक्रबार

दैलेखको दुल्लु नगरपालिकामा वडा भेला सम्पन्न

0

नेपाल कम्युनिकस्ट पार्टी दैलेखले ‘सँगठन सुदृढ तथा विस्तार गरौँ! राज्य षड्यन्त्रकाे भन्डाफोर गरौँ!’भन्ने मूल नारासहित जिल्लामा सञ्चालन गरेकाे अभियानकाे क्रममा आज दुल्लु नगरपालिका वडा नं. ९ प्यादुरामा जनभेला कार्यक्रम सम्पन्न गरेकाे छ ।
भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समिति सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले जनताकाे भविष्य डुबाउने दलाल सँसदीय व्यवस्थाबाट जनताकाे मुक्ति सम्भव नहुने बताएका छन् ।
याे व्यवस्थाकाे विकल्पमा अहिले नेपालमा तीनवटा राजनीतिक विकल्प अगाडि आएकाे उल्लेख गर्दै राजा फर्काउने विकल्प पश्चगामी, राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्प यथास्थितिवादी र समाजवादी माेर्चाले अगाडि सारेकाे नेपाली विशेषताकाे समाजवादकाे विकल्प नै अग्रगामी विकल्प भएकाेमा जाेड दिए ।
अमेरिकी साम्राज्यवादले एमसीसी कार्यान्वयनमार्फत नेपाललाई गुलाम बनाउने उदेश्य राखेकाे समेत बताए । नेपाल कम्युनिस्ट पार्टी दैलेखका सेक्रेटरी प्रकाश सी, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य उदय सी अतिथि रहेकाे कार्यक्रमकाे सञ्चालन श्रमिक समुदाय माेर्चा नेपालका केन्द्रीय सदस्य जनक सीले गरेका थिए । भेलाबाट राम बहादुर सुनारकाे नेतृत्वमा ९ सदस्यीय श्रमिक समुदाय माेर्चा नेपालकाे वडा समिति गठन भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।