३ जेष्ठ २०८१, बिहीबार

युवा संगठन नेपाल पश्चिम चितवन जिल्ला समितिको प्रथम पूर्ण बैठक सम्पन्न

0

 

चितवन– युवा संगठन नेपाल पश्चिम चितवन जिल्ला समितिले भरतपुर २२ स्थित अमर उच्च माध्यमिक विद्यालय परिसरमा प्रथम पूर्ण बैठक सम्पन्न गरेको छ ।

बैठकले  देशमा देखा परेको विषमपरिस्थितिको चपेटामा  पश्चिम चितवनको युवाहरु पनि परेको र पश्चिम चितवनमा मौलाएको भ्रस्टाचारी, कालोबजारी, कमिसनखोर, भुमाफिया, लघुवित्त सहकारी र मिटर ब्याजीहरुको दादागिरी जस्ता हरेक समस्याको विरुद्ध धावा बोल्ने, माघ ६ गते देशभित्रै युवाहरूलाई  रोजगारी सृजना गर्न जिल्ला प्रशासन कार्यलय चितवनलाई दबाब दिने, १६ गते नुवाकोट रातामाटामा रहेको mcc कार्यलय हटाउन नुवाकोट गएर जनप्रदर्शन गर्ने र धनगढीमा सम्पन्न हुन गइरहेको युवा संगठन नेपालको पाँचौ राष्ट्रिय अधिवेशनको तयारीमा जुट्ने जस्ता विविध निर्णयहरु गरेको छ ।

अर्पण सीको संयोजकत्वमा २० सदस्यीय कमिटी गठन गरेको छ ।


नेपाल कम्युनिस्ट पार्टी पश्चिम चितवन जिल्ला सेक्रेटरी अटल सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा  युवा संगठन नेपाल नारायणी  ब्यूरो इन्चार्ज विवेक सी र युवा संगठन नेपाल  समग्र चितवनका इन्चार्ज अशोक सी रहेकन थिए भने युवा संगठन नेपाल पश्चिम चितवन जिल्ला समितिको इन्चार्ज हिमाल सीले बैठकको अध्यक्षता र कार्यक्रम संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।