१६ बैशाख २०८१, आईतवार

जनपत्रिका पुस अङ्क प्रकाशित

0

जनपत्रिका राष्ट्रिय मासिककाे पुस अङ्क भर्खरै प्रकाशित भएकाे छ । जसमा सन्ताेष सी, अनिल सी, खगेन्द्रजङ्ग गुरुङ, दिनेश सारु मगर, काठमाडौं जिल्लाका प्रथम मेयर जनकमान श्रेष्ठ, अभिनव सिन्हा र देवेन्द्र तिम्लाका लेखहरु रहेका छन् ।
पुस अङ्कमा नेपालमा आर्थिक सहयोगकाे आडमा भारतले कसरी समानान्तर सत्ता चलाइरहेकाे छ भन्ने विषयमा `समानान्तर सत्ता बलियो बनाउँदै भारत´ शिर्षककाे आवरण लेखमा खाेजमूलक र राजनीति र अध्यताका लागि अति आवश्यक तथ्य र सुचनाहरु समावेश गरिएको छ । त्यसैगरी पूर्वमन्त्री खगेन्द्रजङ्ग गुरुङकाे लेखमा उसबेला नारायणहिटी दरबारमा कस्तो अन्तरविरोध थियाे ? भन्ने विषय उदाङ्गाे पारिएको छ ।
त्यसैगरी नेपालका प्रथम मेयर जनकमान श्रेष्ठको संस्मरण र समाजवादी मोर्चाभित्र पाकिरहेको खिचडीको भित्री कथा समावेश गरिएको छ । त्यसैगरी विप्लव, प्रकाण्डसहित नेताहरु विरुद्ध जारी पक्राउ पूर्जीको भित्री रहस्य उदाङ्गो पारिएको छ। लेखक, अनुवादक देवेन्द्र तिम्लाको संस्मरणले ललितपुर, भट्टेडाँडा मोर्चा र जनादेश साप्ताहिकमाथि भएको प्रहरी हस्तक्षेपको सन्दर्भ प्रमाणिक ढङ्गले प्रस्तुत गरिएको छ ।

सोधपरक सृजन कार्य गर्न, छलफल गर्न र ज्ञान प्राप्त गर्नसमेत पुस अङ्‌क पठनिय र सङ्ग्रहाणिय हुनेछ । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।