
काठमाडौँ – जनपत्रिका मासिकको फागुन अङ्क प्रकाशित भएको छ । फागुन अङ्कमा नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेकपाका स्थायी समिति सदस्यहरु सन्तोष सी, भरत सी र अनिल सीका आलेखहरु रहेका छन् ।
अनिल सीको लेख समालोचना विधा अन्तरगत खेम थपलियाकृत पछिल्लो कृति ‘जनयुद्धका डायरी समालोचना’ रहेको छ । त्यसैगरी नेकपाको पछिल्लो केन्द्रीय समितिका निर्णयहरूको विषयलाई आवरण कथाको विषय बनाइएकोले राजनीतिक व्यक्ति र सञ्चारकर्मीलाई लाभप्रद हुन सक्छ ।
यो अङ्कमा लिपुलेक समस्याको विषयमा दुर्लभ तथ्यसहित समाचार विश्लेषण प्रस्तुत गरिएको छ । जापानको ओरालो गन्तव्य विषयमा पट्नाका कवि तथा लेखक नरेन्द्र कुमारको विचारोत्तेजक आलेख रहेको छ । बिआरआईको विश्लेषणात्मक समाचार पनि यो अङ्कमा पढ्न पाइने छ ।
विद्यार्थी नेता अटल सी लिखित महको परिचय तथा जानकारीमूलक लेखसहित महत्वपूर्ण अङ्क बजारमा उपलब्ध छ ।